stcnepal long ad
global ime bank long

 सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २०८२ सालको असार मसान्त सम्ममा परेका दाबी निवेदन बापतको भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीमा गत असार मसान्तसम्म दाबी निवेदन दिएका बीमितहरूमध्ये कैयौं बीमितले दाबी मूल्यांकनका लागि आवश्यक कागजात सहित सम्पर्कमा नआएपछि दाबी भुक्तानी प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

त्यस्ता बीमितलाई कम्पनीले अपुग कागजात सहित आफूलाई पायक पर्ने कम्पनीको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा सम्पर्कमा आउन आग्रह गरेको हो।

साथै कम्पनीले सम्बन्धित बीमा सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो दाबीको कागजात पेश गरी दाबी भुक्तानीमा सहयोग गरिदिन समेत आग्रह गरेको छ।

आगामी ३५ दिनभित्र पनि बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमितको सबै दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।

IME Lifesidebar
kumari