stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकउत्सवको अवसरमा  म्याग्दी शाखाद्वारा तातोपानी कुण्डमा सरसफाई सामग्री वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार केन्द्र बेनी नगरपालिका ४ तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्ष कृष्णबहादुर खड्का रहेका थिए । उक्त कार्यक्रमको सभापतित्व सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख भावना पौडेलले गरेकी थिइन् ।

सो कार्यक्रममा तातोपानी व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू उपस्थिति भए । तातोपानी व्यवस्थापन समितिले सिटिजन लाइफको टिमलाई सम्मानसँगै मायाको चिनो हस्तान्तरण समेत गरेको छ ।

उक्त कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षले तातोपानी कुण्डको बारेमा विस्तृत रुपबाट जानकारी गराएका थिए । कम्पनीकी शाखा प्रमुख भावना पौडेलले सिटिजन लाइफको र कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा सिटिजन लाइफ म्याग्दी शाखाको कर्मचारी र एजेन्सी म्यानेजरहरूको समेत उपस्थिति थियो। उक्त सरसफाई सामग्री वितरण कार्यक्रममा १२ हजार बराबरको कार्यक्रम हस्तान्तरण गरिएको थियो।

IME Lifesidebar
kumari