stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

१ अर्ब ४४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महाविपत्ती कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ३६ करोड र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २ दशलमव ५८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ६९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६५ करोड ५२ लाख खर्चिएको थियो । कम्पनीले यस अवधिसम्ममा अभिकर्ता कमिशन मार्फत २ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव ९२ प्रतिशत छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ५३ पैसा रहेको छ। पीई रेसियो ४९ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari