नेशनल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण गत आवको असार मसान्तसम्म कम्पनीको खुद नाफा ६२ करोड ३९ लाख रुपैयाँ ऋणात्मक भएको छ। जुन अघिल्लो वर्ष २६ करोड ६७ लाख रुपैयाँ धनात्मक थियो।

यता कम्पनीको बीमा कोषको आकार भने गत वर्ष ६९.८५ प्रतिशतको वृद्धि सहित २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो।

अघिल्लो वर्ष ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको गत वर्ष ९.४५ प्रतिशतले घटेर ५६ करोड ६ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९० करोड ६८ लाख रुपैयाँबाट घटेर ७० करोड ९ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च ४२ करोड ३० लाख रुपैयाँबाट ह्वात्तै बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यता अभिकर्तामा खर्चिने रकम भने १ करोड ७ लाख रुपैयाँबाट घटेर ३५ लाख रुपैयाँमा झरेको वित्तीय विवरणले देखाएको छ।

चुक्ता पूँजी नहुने यस कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

IME Lifesidebar
kumari