stcnepal long ad
global ime bank long

एनएलजी इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत चैत मसान्तसम्म परेको दाबी निवेदन बापत भुक्तानी लिन आग्रह गरेको छ।

उक्त समयसम्म परेको दाबी निवेदनमा अझै पनि केहीको कागजात अपुग रहेको वा बीमित सम्पर्कमा नआएकाले दाबी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।

यस्तो बीमितलाई कम्पनीले यथाशीघ्र सम्पर्कमा आई अपुग कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह गरेको छ। सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल नै बन्द गरिने कम्पनीले जनाएको छ।

दाबी  भुक्तानी लिन बाँकी बीमितको विवरण वेबसाइटमा पनि प्रकाशित गरिएको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari