stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफको बीमालेख रिन्यू गर्दा ७५ प्रतिशतसम्म छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण ((रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो।

तर समुन्नती जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने यो छुट सुविधा नरहेको जानकारी दिएको छ।

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने बताएको छ।

साथै एकपटक छुट सुविधा लिइसकेकाले बीमालेख अवधिभर पुनः छुट सुविधा नपाउने र छुट सुविधा प्रयोग गरेर रिन्यू गरिएका बीमालेख २ वर्ष नपुग्दै सरेण्डर भएमा त्यस्तो छुट सुविधा काटिने शर्त कम्पनीले राखेको छ।

prabhu mahalaxmi
kumari