citizens life insurance long ad
stcnepal long ad

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकबाट उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट वितरण गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

IME Life
kumari