आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत मसान्तसम्मको दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत मसान्तसम्म परेको दाबी भुक्तानी लिन बिमितलाई आग्रह गरेको छ ।
कम्पनीले चैत मसान्तसम्म दाबी परेका तर भुक्तानी हुन नसकेका ग्राहकले आवश्यक कागजात कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा बुझाई ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको हो ।
तोकिएको म्यादभित्र बिमितले कागजात पेश नगरेमा वा सम्पर्कमा नआएमा दाबी फाइल बन्द गरिने पनि कम्पनीले जनाएको छ ।