stcnepal long ad
ime life insurance
national life
global ime bank long

कनेक्टआईपीएसबाट इन्स्योरेन्स प्रिमियम तिर्दा क्यासब्याक अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कनेक्टआईपीएसले लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्टआईपीएसको साथ’ अफर सार्वजनिक गरेको छ। यो अफर जेठ ४ देखि साउन ३१ गतेसम्म लागु हुनेछ।

अफर अन्तर्गत कनेक्ट आईपीएसबाट प्रिमिय तिर्दा हरेक हप्ता १० जनाले १ हजार रूपैयाँ क्यासब्याक र हरेक महीना १ जनाले आफूले तिरेको प्रिमियम बराबर वा बढीमा २० हजार रूपैयाँसम्म फिर्ता पाउनेछन्।

लक्की ड्रमार्फत् विजेता छानिनेछ भने साप्ताहिक १० जना विजेता र मासिक १ जना विजेता कनेक्टआईपीएसको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिनेछ।

यो अफर कनेक्टआईपीएसको वेबसाइट, मोबाइल एप र बीमा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्टआईपीएस गेटवे मार्फत तिरिएको प्रिमियममा लागू हुनेछ।

हाल यस प्रणालीबाट माइक्रो लाइफ सहित १७ वटा जीवन बीमा कम्पनीको बीमा शुल्क सजिलै तिर्न सकिने कनेक्टआईपीएसले जनाएको छ।

यस प्रणालीबाट वेबसाइट मार्फत प्रति कारोबार रु २० लाख र मोबाइल एपबाट रु २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ।

IME Lifesidebar
kumari