एनएलजी इन्स्योरेन्सले १९औं वार्षिक साधारण सभा जेठ २९ गते

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभाले गत आर्थिक वषको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वषको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने छ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाका लागि समेटिएका छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ जेठ २१ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे बोलाएको छ।