stcnepal long ad
global ime bank long

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्म ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिसम्म ३४ करोड २ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ३६.८८ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३.६० रूपैयाँले बढेर १३.८८ रूपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६७.९७ रूपैयाँ रहेको छ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ७३ करोड रूपैयाँबाट २७.१८ प्रतिशतले वृद्धि भएर करीब ३ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ।

त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २७.१३ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि २६.५३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको कुल आम्दानी ३ अर्ब ७४ करोड रूपैयाँबाट बढेर ४ अर्ब ७६ करोड नाघेको छ भने कुल खर्च ३ अर्ब ४० करोडबाट बढेर ४ अर्ब ३१ करोड रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २० करोड ७९ लाख रूपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चिति रहेको छ।

गत वर्ष कम्पनीको जीवन बीमा कोष ९ अर्ब १६ करोड रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३५.७१ प्रतिशतले वृद्धि भएर करीब १२ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।

IME Lifesidebar
kumari