सन नेपाल लाइफको हकप्रदमा आज वैशाख ३० गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (वैशाख ३० गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए अनुसार प्रतिकित्ता एक सय रुपियाँका दरले १ः०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
हकप्रद निष्कासनका लागि इन्स्योरेन्स कम्पनीले वैशाख ५ गते १ दिन बुक क्लोज गरिसकेको छ । तसर्थ वैशाख ४ गतेसम्म कायम रहने शेयरधनी मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् । आवेदन जेठ १९ गतेसम्म दिन सकिनेछ ।
इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।