sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ३१% ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीको अधिकांश सूचक बृद्धि भए पनि नाफा भने सामान्य घटेको छ ।

२ अर्ब ५० करोड रपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा १ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८९ लाख रुपैयाँ रहेको छ।

इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म १२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको नाफा घटेको हो ।

तेस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म ६६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ३१ दशमलव ६६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २१ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २३ करोड खर्चिएको थियो ।

समीक्षा  अवधिसम्म इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो ३ दशलमव ४२ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ५७ पैसा रहेको छ। पीई रेसियो १३४.६४ गुणा रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १८०.३२ रुपैयाँ रहेको छ।

prabhu bank
nawakantipur long