सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रस्तावित लाभांश अनुमोदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको छ ।
जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारण सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गरेको छ ।
साधारण सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
साधारण सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा सम्पन्न भएको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

























