stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिसम्म ३३ करोड १५ लाख रुपैयाँ कमाएको इन्स्योरेन्स कम्पनीको खुद नाफा चालू चालू आर्थिक वर्षमा १०.४९ प्रतिशतले वृद्धि भएको हो। नाफासँगै इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार पनि ८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै गत वर्ष इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालू चालू आर्थिक वर्षमा वृद्धि भएर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ।

इन्स्योरेन्स कम्पनीको कुल आम्दानी पनि गत वर्ष ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेकोमा चालू चालू आर्थिक वर्षमा बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँबाट बढेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा करीब २३ करोड रुपैयाँ र जगेडा कोषमा साढे ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

गत वर्ष ११ रुपैयाँ ०५ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) यस वर्ष ९ रुपैयाँ ७७ पैसामा झरेको छ भने इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari