stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स द्वारा AML/CFT सम्बन्धी एक दिने तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले २०८२/०१/१८ गते यल्लो प्यागोडा, होटल जमल, काठमाडौँमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, Claim, Accounts & Finance, Admin, HRD, Compliance & AML, Underwriting, IT, Reinsurance विभागका प्रमुख तथा सबै कर्मचारी तथा उपत्यकाका हरेक शाखा कार्यालयमा कार्यरत Underwriting tyf Claim का कर्मचारीको सहभागीतामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा AML/CFT तालिम तथा सेमिनारको आयोजन गरियो ।

उक्त अवसरमा AML/CFT को विज्ञ प्रशिक्षक को रूपमा डा.हरि कुमार नेपालले तथा श्री पदम सोडारीले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराउनु भयो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले हरेक कर्मचारीले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहक महानुभावहरुलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।

सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिनुभयो ।

 

 

prabhu mahalaxmi
kumari