stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ट्रस्ट माइक्रो इन्स्योरेन्सको जेठ १ गते साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले आउँदो जेठ १ गते साधारणसभा डाकेको हो।

साधारण सभाले सर्वसाधारणका लागि छुट्याइएको आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभाले आइपीओ जारी गर्नका लागि नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारण सभाले प्रबन्धपत्रमा संशोधन, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च र सञ्चालकहरुको सेवा–सुविधा सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सोही साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ। साधारण सभा रुपन्देहीको बुटवल–११ स्थित महाराजा रिसोर्टमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari