stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ।

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयपनि सभाले टुङ्ग्याएको छ।

साधारण सभा प्रयोजनार्थ सिटिजन लाइफले फागुन २८ गते बुक क्लोज गरेको थियो। यसर्थ फागुन २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट मा सम्पन्न भएको हो।

IME Lifesidebar
kumari