stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्स ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ।

यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफ इन्स्योरेन्सले यस अवार्ड जित्न सफल भएको हो।

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

एक भव्य समारोहका बीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो।

सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ।

IME Lifesidebar
kumari