आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश हात पार्न सेयरधनी बन्ने आज अन्तिम दिन हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले बिहीबार फागुन १५ गते बुक क्लोज गर्ने भएको छ ।
भोलि बुधबार फागुन १४ गते महाशिवरात्रिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ,आज मंगलबार फागुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।