stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । फागुन ८ गतेदेखि नेको इन्स्योरेन्स लिमिटेडले ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड एक लाख २३ हजार कित्ता अर्थात चुक्ता पुँजीको २५ प्रतिशतका दरले हकप्रद बिक्रीमा ल्याएको हो ।

उक्त शेयर आगामी फागुन ८ गतेदेखि बिक्री खुल्ला भएर सोही महिनाको २८ गते बैंकिङ समयपछि बन्द हुने भएको छ । हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यस हकप्रदमा शेयरधनीहरुले ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर खरिदको आवेदन दिन पाउँने छन् ।

इन्स्योरेन्स कम्पनीका अनुसार सर्वसाधारण लगानीकर्ताले यस हकप्रद निष्काशनमा लिखित वा विद्युतिय माध्यमबाट आवेदन दिदा अनिवार्य रुपमा यस निष्काशनको लागि तयार गरेको ‘हकप्रद शेयर निष्काशन सम्बन्धि व्यवस्था तथा विवरणहरु’ पढी आफ्नो स्वविवेकले आवेदन दिनुपर्ने छ ।

prabhu mahalaxmi
kumari