stcnepal long ad
global ime bank long

जीवन बिमा व्यवसाय गर्ने बिमा कम्पनीको व्यापार बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो छ महिनामा जीवन बिमा व्यवसाय गर्ने बिमा कम्पनीले ८१ अर्ब रुपियाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १४ वटा जीवन बिमा तथा तीन लघु बिमा कम्पनीले पुस मसान्तसम्ममा कुल ८१ अर्ब १७ करोड ६८ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका हुन् ।

जसमध्ये १४ वटा जीवन बिमा कम्पनीले मात्रै ८० अर्ब ६६ करोड ३८ लाख रुपियाँ बराबरको व्यापार गरेका छन् भने तीन जीवन लघुबिमा कम्पनीले ५१ करोड २९ लाख ९५ हजार रुपियाँको व्यवसाय गरेका छन् ।

नियामक बिमा प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा जीवन बिमा कम्पनीको व्यापार १५ अर्ब तीन करोड १५ लाख रुपियाँले बढेको हो । गत मङ्सिरसम्म जीवन बिमा कम्पनीहरूले कुल ६६ अर्ब १४ करोड ५३ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

समीक्षा अवधिमा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बिमा शुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरण बापत ६३ अर्ब ३८ करोड ८० लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका हुन् ।

जीवन बिमाको कारोबार गर्ने तीन लघु बिमा कम्पनीले २८ करोड सात लाख प्रथम बिमा शुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् । लघु जीवन बिमकले छ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको छ महिनासम्मको अवधिमा बिमा शुल्क सङ्कलनको हिसाबले नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

नेपाल लाइफले पुससम्ममा सबैभन्दा धेरै १८ अर्ब ३६ करोड ५६ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआइसी नेपालले आठ अर्ब १२ करोड ९८ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

पुसमा पन्ध्र अर्बनजिक

चालु आर्थिक वर्षको पुसमा मात्रै जीवन बिमा कम्पनीले १४ अर्ब ९२ करोड २० लाख बराबरको व्यापार गरेका छन् । प्राधिकरणका अनुसार पुसमा १४ वटा जीवन बिमा कम्पनीहरूले एक खर्ब ४८ अर्ब २१ करोड रुपियाँ बिमाङ्क बराबरको चार लाख ३३ हजार २३१ वटा बिमा लेख बिक्री गरेका छन् ।

जीवन बिमा कम्पनीहरूले पुसमा ११ अर्ब ३० करोड ६० लाख रुपियाँ बराबरको नवीकरण बिमा शुल्क आर्जन गरेका छन् । पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब ६९ करोड २९ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले एक अर्ब ७९ करोड ६४ लाख, तेस्रोमा नेसनल लाइफले एक अर्ब ६२ करोड १२ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

लघुबिमाको व्यापार एकाउन्न करोडमाथि

प्राधिकरणका अनुसार लघुबिमा कम्पनीले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । पुस मसान्तसम्म कम्पनीले छ लाख ६९ हजार २४४ बिमालेख जारी गरी ५१ करोड २९ लाख ९५ हजार रुपियाँको व्यवसाय गरेका छन् ।

IME Lifesidebar
kumari