sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक समूहको ४ लाख ७ हजार १८२ कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ४ लाख ७ हजार १८२ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखिएको हो।

जसमध्ये ३ लाख ७४ हजार ४५ कित्ता शेयर संस्थापक शेयरधनी आईजे ग्रूप प्रा. लि. को नाममा रहेको छ। यसको प्रतिकित्ता न्यूनतम मूल्य २२५ रुपैयाँ तोकिएको छ।

त्यस्तै ३३ हजार १३७ कित्ता शेयर संस्थापक शेयरधनी राधेश्याम अग्रवालको नाममा रहेको छ। यो शेयरको न्यूनतम मूल्य भने प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले किन्न चाहेको शेयरको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित सिटिसि मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा बुझाउनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

prabhu bank
nawakantipur long