sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हुन्डाई आयोनिक ५ बन्यो सबैभन्दा ठूलो उचाई परिवर्तनको यात्रा गर्ने इलेक्ट्रिक कार

Nimb long ad
Prabhu Insurance Long Ad

हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा पुग्ने प्रयास स्वरुप गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।

सो रेकर्ड प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो र यसमा इभो इन्डियाका ड्राइभरहरुको व्यावसायिक टिम सहभागी थिए ।

यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो ।

कम्पनीका अनुसार सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।

उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ ।

चुनौतीपूर्ण भौगोलिक बनावट र मौसमको अवस्थामा पनि आयोनिक ५ मा भएको लचिलोपन, एड्भान्स टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण यो सबै सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ ।

सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर अन्सु किमले हुन्डाई आयोनिक ५ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्दा गौरवान्वित भएको बताए ।

उनले भने, ‘यो उपलब्धि आयोनिक ५ को नवीनता, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो । यस्तो चरम अवस्थाहरूमा आयोनिक ५ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ ।

हुन्डाईमा, हामी सधैँ सीमाहरूलाई चुनौती दिन र ई–मोबिलिटीमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्न प्रतिबद्ध छौं, र यो रेकर्डले हाम्रो ‘प्रोग्रेस फर ह्युमानिटी’ को दृष्टिलाई अझ सुदृढ बनाएको छ।’

हुन्डाई आयोनिक ५ अत्याधुनिक ई–जीएमपी प्लेटफर्ममा विकास गरिएको छ, जस मार्फत स्मार्ट मोबिलिटी अनुभवलाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ ।

हुन्डाईको आइकोनिक ‘पोनी’ बाट प्रभावित फ्युचरिस्टिक र प्रोग्रेसिभ डिजाइनयुक्त फिचर भएको आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीमा एक नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ ।

prabhu bank
nawakantipur long