citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउसबाट गर्न सकिने

सबै भुक्तानी डिजिटलबाटै हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो ।

प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन ।

प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् ।

साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।

IME Life
kumari