citizens life insurance long ad
stcnepal long ad

अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

Nimb long ad
Prabhu Insurance Long Ad

होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ । सो नयाँ संस्करणमा धेरै अपडेट गरिएको छ । बाइकको मूल्य १ लाख १९ हजार ४८१ भारु तोकिएको छ ।

बाइकमा नयाँ एलईडी हेडल्याम्प र पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल थप गरिएको छ । जहाँबाट गियर पोजिसन इन्डिकेटर, सर्भिस ड्यु इन्डिकेटर र इको इन्डिकेटरबारे जानकारी पाउन सकिन्छ । बाइकमा युएसबी टाइप–सी चार्जिङ पोर्ट पनि राखिएको छ ।

नयाँ युनिकर्नमा १६२.७१ सिसी सिंगल–सिलिन्डर, ईन्धन–इन्जेक्टेड इन्जिन जडान गरिएको छ । जुन ओबिडि२बी अनुरूप छ । इन्जिनले १३ बिएचपी पावर र १४.५८ एनएम टर्क जेनेरेट गर्दछ भने यो ५–स्पीड गियर बक्ससँग जोडिएको छ ।

२०२५ युनिकर्न पर्ल इग्नियस ब्ल्याक, म्याट एक्सिस ग्रे मेटालिक, र रेडियन्ट रेड मेटालिक गरी कुल तीन रङ विकल्पमा उपलब्ध छ ।

युनिकर्न नेपाली बजारमा समेत निकै रुचाइएको मोडल भएका कारण निकट भविष्यमै यसको नयाँ मोडल समेत उपलब्ध अनुमान गर्न सकिन्छ।

IME Life
kumari