evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एनएलजी इन्स्योरेन्सको मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला हुने

हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्सको मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यसले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ। कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

यस्तै, लक्ष्मी सनराइज बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

igi long
himalayan life insurance long ad