stcnepal long ad
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कोशी प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओ क्लब सदस्यता वितरण गरेका थिए ।

यस्तै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेस प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबिच सम्मान कार्यक्रम सम्पन्न भईसकेको बताए ।

कोशी प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिएको बताउँदै उनले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

समारोहमा सीइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

IME Lifesidebar
kumari