stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा मंसिर १२ गतेदेखि पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर खरिदका लागि दरखास्त नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको कार्यालय पुतलीसडक तथा सम्पूर्ण कार्यालय तथा सि–आस्वामा आबद्ध बैँक तथा वित्ती संस्थामा दिनुपर्नेछ । आवेदन पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari