stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सन नेपाल लाइफ इन्स्योरेन्सलाई बेलायतबाट प्राप्त आइ।एस।ओ्आई.ई.सी प्रमाणपत्र प्राप्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बेलायतबाट मान्यता प्राप्त आइ.एस.ओ/आई.ई.सी प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गरेको कम्पनीले जनाएको छ।

साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पारेको कम्पनीको भनाई रहेको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २०२२ सम्परीक्षण गरेको हो ।

नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी यस प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

यसबाट कम्पनीले जोखिममा आधारित मोडालिटीमा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि पहिलो लाइन डिफेन्सबाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।

आइ.एस.ओ/आई.ई.सी प्रमाणपत्र को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari