sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको उर्जा ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित श्री नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।

gold
prabhu bank
nawakantipur long