citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

यूनाईटेड इन्स्योरेन्समा व्यापक फेरबदल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य ९डाईरेक्टरमा०मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिव २ दशक काम गरेको भट्टराई सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका थिए ।

उनीले यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा चौधरी ग्रुपको प्रतिनिधित्व गरेका छन् । चौधरी ग्रुपका प्रतिनिधि महेशराज पन्त नबिल बैंकको डारेक्टर भएर गएपछि रिक्त पदमा भट्टराई नियुक्त भएका हुन् ।

पछिल्लो समय यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ । दुई साताअघि मात्र तत्कालिन अध्यक्ष भरत बहादुर कार्कीले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष पद उद्योगी रविभक्त श्रेष्ठ समालेका छन् ।

त्यस्तै, सञ्चालक समिति सदस्य बुद्धकाजी श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको स्थान अझै पूर्ति भएको छैन ।

हकप्रद सेयर निष्काशन गरी पुँजी १०० करोड रुपैयाँ बनाएपछि सञ्चालक समितिमा धेरै हेरफेर गरिएको छ । लगानी ठूलो भएको तर प्रतिस्पर्धामा कम्पनी पछाडि परेको भन्दै यस कम्पनीका प्रवद्र्धकहरुको चासो र सक्रियता बढेको कम्पनी स्रोतले बतायो ।

himalayan life insurance
igi long