citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बोलपत्र खोलिँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिलामीमा ल्याएको संस्थापक शेयरको बोलपत्र आज खोलिँदैछ । कम्पनीले वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्म दरखास्त आह्वान गरी पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।

सो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउने व्यवस्था थियो ।

न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपियाँ तोकिएको कम्पनीको शेयरमा खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने सर्त थियो ।

उक्त शेयरको बोलपत्र बिहान साढे १० बजे खोलिने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । बोलपत्र थापाथली, काठमाडौंमा रहेको ट्रेड टावरको चौथो तलामा रहेको एनआईसी एसिया क्यापिटलको मुख्यालमा खोलिनेछ ।

himalayan life insurance
igi long