stcnepal long ad
ime life insurance
global ime bank long

युनाइटेड अजोड इन्स्योरेन्सको खुद नाफासँगै बढ्यो इपीएस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं स् युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड ४२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको १८ करोड ७७ लाख रुपैयाँको तुलनामा ४६.०६ प्रतिशतले धेरै हो । खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी र कमिसनबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार देखिएको हो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ८१.५७ प्रतिशतले बढेर ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ७४.८६ प्रतिशतले बढेर २५ करोड ६८ लाख रुपैयाँमा पुगेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा २८ करोड ५४ लाख रुपैयाँ देखिएको छ ।  इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १९.२० रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ २०३.७८ रुपैयाँ छ ।

 

prabhu mahalaxmi
kumari