sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१% ले बढ्यो

खुद बीमाशुल्क आर्जन ८६ करोड ७३ लाख माथि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भ शिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक  वर्षको  सोही  अवधिमा  कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ४५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खर्चिएको थियो ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९२ पैसा रहेको छ ।

gold
kumari bank
nawakantipur long