citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युनाइटेड अजोड इन्स्योरेन्सको आज फागुन ६ गते वार्षिक साधारण सभा

साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न आज आइतबार फागुन ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ ।

माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long