citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिमालयन रिइन्स्योरेन्सले प्रिमियम आइपीओ खुला गर्दै

कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ ।

यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यसबेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो ।

यद्यपि, कम्पनीले भने तिहार पर्व परेका कारण मिति सारिएको दाबी गरेको थियो । हिमालयन रिइन्स्योरेन्सले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

himalayan life insurance
igi long