citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

यो गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड २ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १२ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

इन्स्योरेन्स कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ३५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ३७.८७ प्रतिशतले धेरै हो । गत वर्ष यसले ९७ करोड ९९ लाख आम्दानी गरेको थियो ।

यसको कुल दावी भुक्तानी १ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब १४ करोड थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा ४९ करोड ८ लाख छ ।

ग्रस इन्स्योरेन्स कन्ट्याक्ट लियाबलिटिज् (सकल बिमा अनुबन्ध दायित्वहरु) ६८ अर्ब ८ करोड २४ लाख रुपैयाँ रहेको छ ।

असोजसम्म यसले ४ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १.७८ प्रतिशतले कम हो ।

गत वर्ष यसले ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४० पैसा छ ।

प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ १२ पैसा रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

gold
kumari bank