citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

धादिङमा उच्च गतिको इन्टरनेट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

धादिङ । नेपाल टेलिकम धादिङले उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यो सेवा जिल्ला सदरमुकाम धादिङबेँसी र आसपासको क्षेत्रमा सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम धादिङका प्रमुख श्याम भण्डारीले फाइबर टु होम फिफ्थ प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

टेलिकम प्रमुख भण्डारीले अहिले तीन हजार ५८४ लाइन वितरण गर्न लागिएको र आवश्यकता महसुस भए अझै त्यसमा वृद्धि गर्न सकिने बताउनुभयो ।

टेलिकमले जिल्ला सदरमुकाममा मात्र सीमित टेलिफोनलाई ग्रामीण क्षेत्रमा विस्तार गरेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको तल्लोबेँसीमा ल्यान्डलाइन टेलिफोन वितरण गरिएको प्रमुख भण्डारीको भनाइ छ ।

gold
kumari bank