stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अब हरेक कम्पनीका अफरहरु नेपाल अफर्स डटकममा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल अफर्स डटकमले विभिन्न कम्पनीहरुले ब्रान्ड तथा व्यवसायको बजार प्रवर्द्धन गर्न ग्राहक लक्षित गरेर ल्याउने अफर (स्किम)हरुलाई एउटै डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गरि रहेको छ।

विभिन्न कम्पनीका अफरहरुलाई नेपाल अफर्सले निःशुल्क रुपमा आफ्नो वेबसाइट तथा सामाजिक संजाल (फेसबुक, इन्स्ट्राग्राम) का पेजमा राखेर प्रचार गर्न सुरु गरेको नेपाल अफर्सको सञ्चालक कम्पनी वाफ्ट टेक्नोलोजी प्रा.लीका सिइओ राजन जैसवालले बताए।

जुुनसुकै कम्पनी, ब्रान्ड वा व्यवसायको अफरहरुलाई नेपाल अफर्स डटकमले प्रवर्द्धन गरिदिने सञ्चालक जैसवाल बताउँछन्। निःशुल्क रुपमा पोस्ट गर्न सकिने अफरअन्तर्गत सय कम्पनी तथा व्यवसायको अफरलाइ निःशुल्क बुस्ट समेत गरिदिने कम्पनीले जनाएको छ। आफ्नो आफरको फिचर्ड गर्नका लागी भने कम्पनीमै सम्पर्क गर्नुपर्ने जैसवाल बताउँछन्।

अफर सार्वजनिक गर्न इच्छुक कम्पनी तथा व्यवसायीहरुले नेपाल अफर्सको एन्ड्रोइड मोबाइल एप वा वेबसाइट (nepalofersfcom) मा गएर लगइन गरि आफ्नो कम्पनीको अफर आफै पोस्ट गर्न सक्ने जैसवालले बताए ।

फेसबुक, इमेल वा गुगलआइडीको माध्यमबाट नेपाल अफर्स डटकम लगइन गर्न सकिने छ । पोस्ट गरेका कम्पनीका अफरहरु नेपाल अफर्सले प्रमाणित गरिसकेपछि वेबसाइटमा लाइभ हुने सँगै फेसबुक र इन्स्टाग्राममा समेत सेयर हुने बताइएको छ ।

१८ महिनादेखि सञ्चालनमा आएको नेपाल अफर्स डटकममा अहिलेसम्म ७० भन्दा बढी कम्पनीहरु आवद्ध भइसकेका छन् भने १२ सय भन्दा बढी अफरहरु दर्ता भइसकेको जैसवालले बताए। मुलुकभित्र रहेका कम्पनीहरुले ग्राहकका लागि के–कस्ता अफर ल्याएका छन् भनेर जानकारी लिनका लागि नेपाल अफर्स डटकम उत्तम थलो हुने जैसवालले विश्वास व्यक्त गरे।

prabhu mahalaxmi
kumari