sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध सरकारले हटाउने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय विभागीय मन्त्रीले गरिसकेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले यसलाई अनुमोदन गर्ने बताइएको छ ।

गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पाँच दिनअघि टिकटकले नेपाल सरकारलाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । उसले नेपालले राखेको सबै सर्त पालना गर्ने जनाएको छ ।

प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए ।

केही दिनअघि टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै एउटा इमेल लेखेपछि टिकटकको विषयमा छलफल हुन थालेको थियो ।

gold
kumari bank
nawakantipur long