citizens life insurance long ad

तिब्बत नाका तर्फको क्षेत्रमा मोबाइल सेवा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फ मोबाइल सेवा विस्तार गरेको छ । टेलिकमले बुधवार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।

गोरखाको उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमले स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरिएको जनाएको छ ।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रुईला नाकाको अन्तिम गाउँ साम्दोृसम्म टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै दु्रत गतिको फोर जी सेवा समेत सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

IME Life
kumari