macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भन्नुभयो,“नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीनव् यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले भन्नुभयो, “शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु ।

अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमी प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँउचाइमा पु¥याउने छ ।”

 

himalayan life insurance
igi long
NTA long ad