macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज विश्व टेलिभिजन दिवस मनाइँदै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । विश्व टेलिभिजन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमगरी मनाइँदै छ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले टेलिभिजन हेर्नेको संख्या घटेको विश्लेषण गरिएको छ।

टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण शुरु गरेको पाइन्छ। सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृश्यहरू हेर्न सकिने अवस्था आएको हो।

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरू भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो।

४ मंसिर २०८०, सोमवार ०८:२६ बजे प्रकाशित

NTA long ad