citizens life insurance long ad
stcnepal long ad

साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा श्रेष्ठलाई दुई स्वर्ण पदक, ‘गौरवान्वित छौ’ : बिजबजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठले अगस्ट २०२२ मा भुटानमा आयोजना भएको साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा दुई स्वर्ण पदक जित्न सफल भएकी छन्।

उनले सो प्रतिस्पर्धामा महिला खुल्ला तौल समूह र खुल्ला प्रतिस्पर्धामा स्वर्ण पदक हात पार्न सफल भएकी छन्।

उनले सो प्रतिस्पर्धामा उत्कृष्ट महिला फाइटरको उपाधि समेत प्राप्त गरेकी छन् भने श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहेको थियो।

बिजबजारले शिवानी श्रेष्ठलाई बधाई दिँदै उनको प्रदर्शन प्रति गौरवान्वित महसुस भएको र यस प्रतिस्पर्धामा उनलाई हौसला र समर्थन प्रदान गर्न पाउँदा हर्षित भएको समेत जनाएको छ।

अहिलेको युगमा कर्पोरेट संस्थाहरूले आफ्ना कर्मचारीहरूको कला, सिप, क्षमता र इच्छा प्रतिको लगावलाई उत्प्रेरित तथा समर्थन गर्न आवश्यक रहेको बताउँदै बिजबजारको यही नीतिले एउटा दक्ष, सक्षम र प्रभावशाली टिमको निर्माण गर्न मद्दत पुगेको कुरा बताएको छ।

आरकेडी समूहले नेपाली बजारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ सहायक कम्पनी बिजबजार लि। लाई पब्लिक कम्पनीको रूपमा स्थापना गरेको हो।

बिजबजार व्यवस्थित, डिजिटल–मैत्री ई–कमर्स प्लेटफर्म हो जसले लाखौँ मानिसहरूलाई ब्रान्ड सिर्जना गर्न, तिनीहरूका कथाहरू सुनाउन र आफ्ना ग्राहकहरूसँग अनलाइन मार्फत सरल, सुरक्षित एवम् भरपर्दो तवरले कारोबार गर्न नवीन विचारहरूको साथ सहयोग गर्ने लक्ष्य राख्दछ।

IME Life
kumari