citizens life insurance long ad
stcnepal long ad

हिताचीले नयाँ उत्पादन बजारमा ल्याउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिताचीले कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रा.ली का प्रतिनिधिहरूको उपस्थितिमा Meet & Greet कार्यक्रम आयोजना गरेको थियो।

रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा. लि.– नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो।

उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक  तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक  एलविन थाम उपस्थित थिए।

हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादन को लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।

ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ।”

हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ। त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठुलो अपिल रहेको छ ।

ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ। नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई झन् बलियो बनाएको छ।

“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ।”, भन्छन् हिताचीका प्रबन्धक निर्देशक श्री चेन टेक बेङ ।

● चार वटा नयाँ उत्पादनहरू – फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनरको सुरुवात
● राम्रो बिक्री सेवा र बिक्री पछि हेरचाहको प्रतिज्ञा,
● नया अविस्कारी प्रविधिहरूलाई ग्राहक समक्ष नजिक ल्याउदै

उत्पादन विवरण
कार्यक्रमले चार वटा उत्पादन बजारमा ल्याएको थियो । ती हुन –
१. हिताची फ्रन्ट लोड वाशिङ मेसिन BD-D120XGV M : सरल र कुशल
यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, ए.आई. वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ।
२. हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनरPV-XL2K 240 US : प्रभावशाली, छिटो, र कुशल
धेरै सजिलो, छिटो र कुशल तरिकाले भुईँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ।
३ . हिताची माइक्रोवेभ ओभनः एक अद्वितीय हिताची मल्टिटास्कर
यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको छ, जसमा प्रत्येक ग्राहकको लागि केही न केही पक्कै छ।
४. हिताची फ्रेन्च बटम रेफ्रिजरेटर R–WB640VOPB : ठण्डा र विलासी
नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ। लकजरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्दछ !

राम्रो डिजाइन, परिष्कृत उत्पादन र सेवा मार्फत हिताचीले विश्वभरका ग्राहकहरूको जीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। आजको कार्यक्रममा घोषणा गरिएका उत्पादनहरूमा हिताची गर्व गर्दछ।

“उत्पादनहरू यो सालको (२०२२) चौथो त्रैमासिक देखि बजारमा उपलब्ध हुनेछन”, भन्छन् तरुण जैन, महाप्रबन्धक – व्यवसाय विकास विभाग (निर्यात व्यवसाय) हिताची ।
आरसेलिक हिताची घरायसी उपकरणहरूको बारेमा

जुलाई १, २०२१ मा आरसेलिक र हिताची ग्लोबल लाइफ सोलुशन्स इंक बिचको संयुक्त उद्यमको रूपमा स्थापित, Hitachi अग्रगामी विश्वव्यापी व्यावसायिक हो। आरसेलिकएस र हिताची जीएलस इंकको संयुक्त उद्यम मार्फत, उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन्।

आरसेलिक ले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ। कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा दक्षिण एसियामा बलियो वृद्धि हासिल गरेको छ।

हिताची जीएलस ले मुख्यतया दक्षिण पूर्व एसिया र मध्य पूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ, यहाँ यसले उच्च स्तर ब्रान्डको छविको आनन्द लिन्छ।
युनिभर्सल इलेक्ट्रोकम प्रा. ली को बारेमा

५० वर्ष अघि स्थापना भएको रमेश कर्प नेपालकै एक ठुलो निजि औधोगिक र व्यापारिक समुह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तियसेवा, घरजग्गा, जलविद्युत, खानि, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

कम्पनीले आफ्ना व्यावसायिक अभ्यासहरुमा Forward together ‘संगै अघी बढौ ‘ भन्ने मुल नारा लाई आत्म साथ गरेको छ । आफ्ना ग्राहकहरु, कर्मचारीहरू, लगानीकर्ताहरू, र साझेदारहरूका साथै रमेश कर्पले राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्क्षा राखेको छ।

 

IME Life
kumari