stcnepal long ad
ime life insurance
national life
global ime bank long

अहिलेको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोबल खस्किएको दाबी : अध्यक्ष गोल्छा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । आज शुक्रवार ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिलेको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोबल खस्किएको दाबी गर्नुभएको छ ।

अध्यक्ष गोल्छाले आफूले उद्योग क्षेत्रमा काम गरेको ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोबल उच्च रूपमा खस्केको दाबी गर्नुभयो । देशको अर्थतन्त्र अत्यन्तै चुनौतीपूर्ण अवस्थामा पुग्नुको मुख्य कारण बजारमा तरलता अभाव नै भएको उहाँको भनाइ छ ।

अध्यक्ष गोल्छाले भन्नुभयोे, ‘म ३५ वर्ष भयो उद्योग वाणिज्य क्षेत्रमा लागेको तर अहिलेसम्म यस्तो समय देखेको थिइनँ । निजी क्षेत्रको मनोबल खस्केको अवस्था छ । भूकम्प, राजनीतिक परिर्वतन, श्रम सम्बन्ध बिग्रिएको समय र भारतीय नाकाबन्दीको समयमा विभिन्न चुनौती भोगेका थियौँ तर अहिलको यो चुनौतीले नीजी क्षेत्रको मनोबल गिराएको छ ।

अर्थतन्त्रमा देखिएको चुनौतीको मुख्य जरो बजारमा भएको तरलता नै हो । तरलताको अहिलेको समस्या उद्योगी व्यवसायीको मात्रै होइन । अहिले राजनीतिक पार्टीहरू तथा सरकारी कर्मचारीहरूले बोल्दा यो समस्या उद्योगी व्यवसायीको मात्रै हो जस्तो गरी भन्छन् । यो हामी सबै नेपालीको समस्या हो ।

सरकार समस्या समाधान गर्नेतर्फ तयार नभएको गुनासो गरिरहेका छौँ । किनभने नौ महिना भइसक्यो, अहिलेसम्म उद्योग वाणिज्य मन्त्री पाउन सकिएको छैन ।

सरकारले यस्ता समस्या प्राथमिकताका आधारमा समाधान नगर्ने हो भने आउने समय हाम्रो लागि एकदमै विकराल हुनेछ ।’

त्यस्तै अध्यक्ष गोल्छाले सरकारले वस्तु आयातमा कडाइ गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरूसँग छलफल गरेर मात्रै कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले आयात घटाउँदा राजस्वमा असर परेर देश सञ्चालनमा समस्या हुने र साधारण खर्च धान्न नसक्ने अवस्था आउनसक्ने बताउनुभयो ।

सरकारले राजस्वमा प्रभाव पर्ने नीति बनाउँदा निजी क्षेत्रसँग छलफल नगर्दा अर्थतन्त्रमा विकृति देखिने उहाँको भनाइ छ ।

अध्यक्ष गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरूले पठाउने रेमिट्यान्स बढाउन सरकारले प्रोत्साहन दिनुपर्ने बताउनु भयो । सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानलबाट पैसा ल्याउन सकिने भन्दै उहाँले रेमिट्यान्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताउनुभयो ।

उहाँले विदेशमा दुःख गरेर कमाएको पैसा कसरी नेपालमा पठाउने भन्ने कुरा उनीहरूको अधिकारको विषय भएको जिकिर गर्नुभयो ।

अध्यक्ष गोल्छाले रेमिट्यान्समा सरकारले प्रोत्साहन दिने नीति बनाए मात्रै रेमिट्यान्स बढ्दै जाने बताउनुभयो ।

IME Lifesidebar
kumari