citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साल्ट ट्रेडिङको बोनस सेयरमा मूल्य समायोजन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज कार्तिक २ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

समायोजनपछि कम्पनीको सेयर मूल्य ६ हजार ५ सय ७४ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रति कित्ता ७ हजार ८ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को आम्दानीबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ ।

सभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा यही कात्तिक १६ गते जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

काठमाडौं । साल्ट ट्रेडिङको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार कात्तिक २ गते बुक क्लोज गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

साल्ट ट्रेडिङले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ । सभा, जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long