citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङको सेयरधनी बन्ने आज अन्तिम मौका

सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश हात पार्न सेयरधनी बन्ने आज कात्तिक १ गते सोमबार अन्तिम मौका हो ।  यसले साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्दैछ ।

यस आधारमा सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ ।

सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सभा जुम एप्लिकेसन मार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

IME Life
kumari