साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौं । आइतवार साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९३ रुपैयाँले बढेर अन्तिम मूल्य ७ हजार ६२३ रुपैयाँ पुगेको हो ।
७ हजार ६८ रुपैयाँदेखि खुलेको कम्पनीको शेयर कारोबार अधिकतम ७ हजार ६२३ रुपैयाँसम्ममा भएको छ । आइतवार खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्यमा सर्वाधिक बृद्धि भएको हो ।
यो दिन कम्पनीको २ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ३ हजार १९७ कित्ता शेयर कारोबार भएको छ ।






















